नारी शक्तिका सदस्यलाई नेतृत्व विकास तालिम
पाेखरा | जेठ १८, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारिशक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ(गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यका साथ सञ्चालित तालिममा विभिन्न आमा समुह र टोलविकास संस्थाका ५० जना महिलाको सहभागिता रहेको छ ।
समुहको पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा पत्रकार घनश्याम पाण्डे रहनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य विष्णुकुमारी थापाले तालिमको उद्घाटन गर्दै सिकेको सिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गर्नुभयो । आमा समुहको माध्यमवाट महिला नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उहाँले महिला सशक्तिकरणमा महानगरले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
महिला मानव अधिकार संजाल कास्कीका अध्यक्ष एवम् गोनेसा सञ्चालक समिति सदस्य केशु भुजेलले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
आमा समुहका अध्यक्ष पियारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार हरि बास्तोला, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, शुभकामना आमा समुहका अध्यक्ष कोकिला श्रेष्ठ, समाजसेवी लिलबहादुर जिसी लगायतले तालिमको महत्व माथि प्रकाश पार्नुभएको थियो । समुहका उपाध्यक्ष राधादेवी लम्सालले स्वागत गर्नुभएको कार्यक्रम सचिव पूर्णकला पोखरेलले सञ्चालन गर्नुभएको थियो ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

